विराटनगर : प्रदेश १ मा आज २०३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, तेह्रथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, सङ्खुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

झापाको बिर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमल गाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहबी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, सङ्खुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३५७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ ।