झापा : झापाको बिर्तामोड नगरपालिका सुगम पेट्रोल पम्प छेउमा आज बिहान अर्धनग्न अवस्थामा एक युवतीको शव फेला परेको छ ।
बिर्तामोड नगरपालिका वडा न-५ स्थित पूर्व –पश्चिम राजमार्ग अन्तरगत रहेको सुगम पेट्रोल पम्प देखि उत्तर एक युवतीको शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीय सृजना बस्नेत नाम गरेकी युवती अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । उनी बिर्तामोड स्थित एक सहकारीमा मनि कलेटरको काम गर्दै आएकी थिइन ।
सानिमाको घरमा स-परिवार बस्दै आएकी सृजना घरको आँगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् । साथै घटनाको विषयमा अनुसन्धान सुरु गरिएको प्रवक्ता डिएसपी थापाले बताए ।