इलाम : उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी अदालत परिसरमै मृत फेला परेकी छिन् ।

कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुलीको शङ्कास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको लुगा सरेको अवस्थामा पाइएको छ । तर, माथिबाट तल झर्दा कपडा सरेको हो या अन्य कारणले भन्ने अनुसन्धानपछि खुल्ने इलामका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले बताए ।

सोलुखुम्बुको सल्ल्यान गाउँपालिका-२ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएका छन् । धरानबाट डग टोली फिक्कल आइपुगेको छ। टोली आएपछि घटना अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। अहिले प्रहरीले घटनास्थल सिल गरेको राखेको छ।