विराटनगर : धरानमा ५२ जना सहित प्रदेश १ मा आज ३८२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र तेह्रथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, बिर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बाह्रदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहबीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको म्याङ्लुङमा १ र स्थानीय तह नखुलेका २, पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ७९२, सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४६१ रहेको छ । आज २२७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६८ हजार ९५४ रहेको छ ।

प्रदेश १ मा आज ९९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १७६ महिला र २०६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।