धरान : सर्वोच्च अदालतले सोमबार गरेको फैसलाको धरानमा विरोध सँगै स्वागत भएको छ ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा सङ्घ नेपालले धरानमा सर्वोच्च अदालतको फैसलाको विरोधमा प्रदर्शन गरेको छ ।

छाता चोकबाट सुरु भएको र्‍याली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिवालय सदस्य अर्जुन लिम्बुले सर्वोच्चको आदेश नमान्ने बताए ।

नेता लिम्बुले अदालतलाई गल्ती सच्याउन आग्रह गर्दै आफूहरू जनादेश मान्न तयार रहेको तर परमादेश नमान्ने बताए । न्यायालयले सेटिङ्ग गरेर बहुदलीय देशलाई निर्दलीय बनाउन खोज्छ भने न्यायालयलाई पनि ढुङ्गा हान्छौँ ।’

यसै गरी राष्ट्रिय युवा सङ्घका केन्द्रीय सदस्य अफाक अहमदले अदालतको आदेशले बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्थालाई नै कमजोर बनाएको बताए ।

यसै गरी नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले भने सर्वोच्चको फैसलाको स्वागत गर्दै भानुचौकमा दीप प्रज्वलन गरेको छ ।

मुलुक केपी शर्मा ओलीको एकल निर्णयले बेथिति सिर्जना गरेको थियो । निरङ्कुशता लादिएको थियो । जनभावना अनुसार अदालतले सही निर्णय गरेको भन्दै फैसलाको स्वागत गरेको माओवादी केन्द्रका नेता चोत्लुङले बताए ।