धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान ११ की कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान-११ की ४० वर्षीय महिलाको उपचारको क्रममा गए राति १०ः१५ मा मृत्यु भएको हो ।

उनलाई असार २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने असार २५ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक पहिले देखिनै दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।