धरान : उच्च अदालत इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी ४८ वर्षीय महिला कर्मचारी विमलाकुमारी पराजुलीको हत्या आरोपमा न्याधिसका बर्डिगार्ड असई युवराज बानियाँ पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा बानियाँको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । बनियाँ इलाम इजलासका १ नं मुख्यन्यायाधीश शिवनारायण यादवका बडीगार्ड हुन ।

सङ्घीय इकाई प्रहरी कार्यालय धरानको केनाइन शाखाको ३ वर्षीय ट्याकर डग पिकुले ४८ वर्षीय बानियाँलाई सङ्केत गरी घटना स्थलमा अन्य केही प्रमाणहरू नभए पनि पिकुले गन्धको आधारमा नै अपराधी बानियाँले प्रयोग गरेको बाटो देखाउँदै घटना स्थलदेखि २ मिटर टाढा बानियाँको कोठामा समेत पिकुले अपराधी भएको सङ्केत गरेको थियो ।

घटना घटेको १२ घण्टा पछि हत्यारा प्रहरी नियन्त्रणमा आएका हुन्। पराजुलीको घाँटी थिची हत्या गरेको र शव अदालत परिसरको झाडीमा लुकाएको अनुसन्धानबाट खुलेको छ। मृतक महिला कार्यालयकै पोसाकमा मृत फेला परेकी थिइन् ।

मृतक महिला र बानियाँबिच अवैध सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको बताइएको छ । बानियाँले घर समेत बनाउँदै आएकाले आफूले दिएको २ लाख बढी पैसा मागेको र महिलाले दिन नसक्दा बानियाँले पराजुलीको हत्या आइतबार साँझ गरेको स्वीकार गरेका छन् ।

बानियाँ अदालत परिसर भित्रै क्वाटरमा बस्दै आएका थिए। भने दुवैको १ वर्ष लामो समय देखि प्रेम सम्बन्ध रहेको र मृतक महिला बानियाँकै डेरामा बस्ने गरेको समेत खुलेको छ । मृतक र बानियाँ दुवै विवाहित हुन् ।

बानियाँलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धानको लागि म्याद थप गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । बानियाँ २०७३ सालदेखि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीश यादवको बडी गार्डको रूपमा कार्यरत थिए । बानियाँ हाल नेपाल प्रहरीबाट निलम्बित भएका छन् ।