विराटनगर : धरानमा ७८ जना सहित प्रदेश १ मा आज ३९७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, तेह्रथुम र उदयपुरमा २–२, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बाह्रदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ७८, इटहरीमा ३०, वराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जना, मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा ७, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, तेह्रथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, सङ्खुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५०६ रहेको छ । प्रदेश १ मा आज ३३८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६९ हजार २९२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२८ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।