विराटनगर : धरानमा ८० जना सहित प्रदेश १ मा आज ४३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

झापामा १६५, सुनसरीमा १३९, मोरङमा १०६, धनकुटामा ७, इलाममा ५, पाँचथर र उदयपुरमा ३–३, भोजपुरमा २, ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको दमकमा ६४, भद्रपुरमा २७, बिर्तामोडमा २५, मेचीनगरमा १५, शिवसताक्षीमा ११, अर्जुनधारामा ६, कनकाईमा ५, हल्दिबारीमा ३, बुद्धशान्ति, कचनकवल र कमल गाउँपालिका र स्थानीय तह नखुलेका २–२, झापा गाउँपालिकामा १, सुनसरीको धरानमा ८०, इटहरीमा ४४, वराहक्षेत्र र स्थानीय तह नखुलेका ६–६, भोक्राहानरसिंह, रामधुनी र इनरुवामा १–१, मोरङको विराटनगरमा ३५, बेलबारीमा २५, पथरीशनिश्चरेमा २२, लेटाङमा १२, सुन्दरहरैचामा ४, उर्लाबारी, कानेपोखरी र स्थानीय तह नखुलेका २–२, ग्रामथान र केराबारीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, पाख्रिबासमा १, इलामको इलाम नगरपालिकामा २, सुर्योदय, चुलाचुली र माईमा १–१, पाँचथरको फिदिममा २, फाकफोकथुममा १, उदयपुरको त्रियुगामा २ र चौदण्डीगढीमा १, भोजपुरको भोजपुर नगरपालिकामा २, ताप्लेजुङमा १, तेह्रथुमको आठराईमा १ र सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ६ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार ६२८ पुगेको छ । सङ्क्रमित भएका मध्ये ६९ हजार ६३४ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या ५५९० रहेको छ । आज ३४२ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रदेश १ मा आज १ हजार २८८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२० महिला र २१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।