धरान : उदयपुरको त्रियुगा–३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन् । हिजो अपराह्न सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुवै जनालाई वर्षासँगै आएको चट्याङले लाग्दा उनीहरू बेहोस भएका थिए ।

बेहोस भएका उनीहरूको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा सवा ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।