चतरा : आहतमा परेको परिवारलाई नयाँ पिँढी नामक समूहले राहत स्वरूप खाद्यान्न तथा स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

वराहक्षेत्र नगरपालिकामा सामाजिक सञ्जालको माध्यमबाट स्थापित नयाँ पिँढी समूहले वराहक्षेत्र नगरपालिका वडा नं ८ जितपुर स्थिति एक गरिब परिवारका सहयोग स्वरूप खाद्यान्न उपलब्ध गराएको संयोजक शिशिर तामाङले बताए । तामाङका अनुसार यो उनीहरूको पहिलो सामाजिक कार्य हो ।

उक्त समूह फेसबुक पेजबाट सुरु गरी हाल आएर सामाजिक कार्य गर्ने उद्देश्यले वराहक्षेत्रका १८-४० उमेर समूहका युवायुवतीलाई लक्षित गरेर गठन गरिएको छ।

युवाहरूको व्यक्तिगत क्षमताको विकाससाथै सामाजिक कार्यमा लागि पर्ने नयाँ पिँढीलाई उत्साहित गराउनु समूहको उद्देश्य रहेको संयोजक तामाङले बताए ।