धरान : नेपाल आयल निगमले गए राति देखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमले पेट्रोल र डिजेल/मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो । मूल्य घटेसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको खुद्रा बिक्री मूल्य १२८ रुपैयाँ र डिजेल मट्टितेलको खुद्रा बिक्री मूल्य १११ रुपैयाँ कायम भएको छ ।

मूल्यवृद्धिको विरोधमा नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले आन्दोलन गरेका थिए ।

निगमले आन्दोलनरत पाँच विद्यार्थी सङ्गठनको वार्तापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमद्वारा जारी विज्ञप्तिमा आन्दोलनरत ५ विद्यार्थी सङ्गठनले निगमको यो निर्णय पश्चात् सम्पूर्ण विरोधका कार्यक्रम फिर्ता लिने जनाएको छ ।

Press-Bigyapti