विराटनगर : धरानमा ५१ जना सहित प्रदेश १ मा आज ३०९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

१ हजार १ सय २ जनाको पीसीआर परीक्षण गर्दा १६५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङमा ९९, झापामा ९८, सुनसरीमा ८५, धनकुटामा १२, इलाम र उदयपुरमा ३–३, भोजपुरमा २, सङ्खुवासभा र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना पुष्टि भएको छ ।

मोरङको विराटनगरमा ६१, बेलबारीमा २२, मिक्लाजुङ, सुन्दरहरैचा र पथरीशनिश्चरेमा ३–३, केराबारीमा २,उर्लाबारी, सुनबर्षी, ग्रामथान र कटहरीमा १–१, झापाको दमकमा २७, बिर्तामोडमा २५, भद्रपुरमा १४, मेचीनगरमा ९, कनकाईमा ८, अर्जुनधारामा ७, शिवसताक्षीमा ३, कमल गाउँपालिका, हाल्दिबारी र बुद्ध शान्तिमा १–१ र स्थानीय तह नखुलेका २, सुनसरीको धरानमा ५१, इटहरीमा २३, वराहक्षेत्रमा ५, इनरुवा र स्थानीय तह नखुलेका ३–३, धनकुटाको धनकुटा नगरपालिकामा ८, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका, सूर्योदय र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगा, चौदण्डीगढी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदबारीमा १, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४२८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २०४ महिला र २२४ पुरुष रहेका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७० हजार ६२ पुगेको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७६ हजार ९३७ पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४६० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।