धरान : झापाको दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ ।

झापाको मेचीनगर–३ सिर्जना बस्ती बस्ने ३१ वर्षीय सरोज किसानको करेन्ट लागेर मृत्यु छ ।

आज दिउसो साढे २ बजे सोही स्थितमा रहेको गँगटे खोल्सामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले हाइ-टेन्सन लाइनमा तार जोडी करेन्ट लगेका थिए ।

यसै गरी झापा भद्रपुर–६ बस्ने २४ वर्षीय अर्पण श्रेष्ठको पानी सर्किएर मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासि पानी सर्किएर बेहोस भएकोमा उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको छ ।