झापा : झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ।

जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गते सम्म लम्बाउने निर्णय गरिएको छ।

छोटो दुरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ।

अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको छ।