धरान : झापाको भद्रपुर नगरपालिका–३ बाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् ।

सीमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–३ का २२ वर्षीय चन्दन रजकलाई १२ ग्राम ४५० मिलिग्राम ब्राउनसुगर सहित बिहीबार अपराह्न साँढे ४ बजे देउनियाँ पुल छेउबाट पक्राउ गरेको हो ।

पक्राउ परेका रजकको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।