विराटनगर : पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै प्रदेश १ मा कोरोना संक्रमणदर पनि बढेको छ । धरानमा ७२ जना सहित प्रदेश १ मा आज ८३९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, सङ्खुवासभा र तेह्रथुममा ४–४, पाँचथरमा ३, ताप्लेजुङ, ओखलढुङ्गा र खोटाङमा १–१ र प्रदेश १ बाहिरका २२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२१, सुन्दरहरैचामा ६३, उर्लाबारीमा ४२, बेलबारीमा ३३, लेटाङमा १८, पथरीशनिश्चरेमा १४, बुढीगंगामा ९, रंगेली र कानेपोखरीमा ५–५, रतुवामाई र कटहरीमा ४–४, जहदा, सुनबर्षी, ग्रामथान र मिक्लाजुङमा २–२, केराबारीमा १, स्थानीय तह नखुलेका ३, सुनसरीको इटहरीमा १७७, धरानमा ७२, बराहक्षेत्रमा १४, इनरुवामा ७, रामधुनीमा ८, बर्जूमा ५, दुहबी र भोक्राहानरसिंहमा ४–४, गढीमा २, देवानगञ्ज र हरिनगरमा १–१, स्थानीय तह नखुलेका ११, झापाको दमकमा ३१, बिर्तामोडमा २४, कनकाई र भद्रपुरमा ११–११, अर्जुनधारामा ९, मेचीनगर र शिवसताक्षीमा ६–६, बुद्धशान्ति र गौरादहमा ४–४, कमल गाउँपालिकामा २, हल्दिबारी, कचनकवल,गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढी र ताप्लीमा ४–४, बेलका र स्थानीय तह नखुलेका ३–३, कटारी र उदयपुरगढीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, महालक्ष्मीमा ४, साँघुरीगढीमा १, इलामको इलाम नगरपालिकामा ३, रोङ र सुर्योदयमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, पौवादुङ्मा, टेम्केमैयुङ र स्थानीय तह नखुलेका १–१, सङ्खुवासभाको खाँदबारीमा २, चिचिला र चैनपुरमा १–१, तेह्रथुमको फेदाप र लालीगुराँसमा १–१ र स्थानीय तह नखुलेका २, पाँचथरको कुम्मायक, याङवरक र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङको आठराई त्रिवेणीमा १, ओखलढुङ्गामा १, खोटाङमा १ र प्रदेश १ बाहिरका २२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ७७६ पुगेको छ । सङ्क्रमित भएका मध्ये ७० हजार ४३० सङ्क्रमणमुक्त भएका छन् ।

सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ९११ जना रहेको छ । आज ३६८ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेश १ मा आज ३ हजार ५०९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये ३८४ महिला र ४५५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।