धरान : सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।

वराहक्षेत्र नगरपालिका-२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिवार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै घर वरिपरि हात्ती रोक्नका लागी लगाइएको फलामको तारमा छुँदा अचानक करेन्ट लागेर घाइते भएका घिमिरेको उपचारको क्रममा बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

यसै गरी इटहरी १७ का मनोज खत्रीको पनि करेन्ट लागेर मृत्यु भएको छ।

शनिवार साँझ ६ बजेको समयमा घर नजिकै रहेको माछा पोखरीमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लागेर घाइते भएका खत्रीलाई उपचारको लागी विराट टिचिङ हस्पिटल विराटनगर लगिएकोमा उपचारको क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।