धरान : इटहरीमा ४९ जना सहित प्रदेश १ मा आज २५२ जना सङ्क्रमित थपिएका छन् भने ३०८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १६९ महिला र १३९ पुरुष रहेका छन्। हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७१ हजार १६१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

९७२ जनाको पीसीआर परीक्षण गर्दा ११४ महिला र १३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। मन्त्रालयका अनुसार झापामा ८७, मोरङमा ६७, सुनसरीमा ६४, धनकुटामा ७, इलाम, तेह्रथुम र उदयपुरमा ४-४, पाँचथर र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

झापाको दमकमा २४, बिर्तामोडमा १६, कनकाईमा १३, अर्जुनधारामा ९, मेचीनगरमा ७, शिवसताक्षी र भद्रपुरमा ५-५, कमल गाउँपालिकामा ३, बुद्धशान्तिमा २, हाल्दिबारी, गौरादह र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा २९, उर्लाबारीमा १४, सुन्दरहरैचामा १०, पथरीशनिश्चरेमा ४, रंगेलीमा ३, बेलबारीमा २, बुढीगंगा, केराबारी, लेटाङ, कानेपोखरी र रतुवामाईमा १-१, सुनसरीको इटहरीमा ४९, धरानमा ५, रामधुनी र वराहक्षेत्रमा ४-४, दुहबीमा ३, धनकुटाको साँघुरीगढीमा ५, धनकुटा नगरपालिकामा २, इलामको इलाम नगरपालिका, माई, देउमाई र रोङमा १-१, तेह्रथुमको मेन्छेयायेममा २, म्याङ्लुङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा २, त्रियुगा र बेलकामा १-१, पाँचथरको फिदिममा १, भोजपुरको षडानन्दमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार १८९ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ५७२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।