धरान : आज दिउसो ओखलढुङ्गामा जलेर एक चार बर्षिय बालिकाको मृत्यु भएको छ।

सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको हो।

ओखलढुङ्गा मानेभञ्ज्याङ-६ मा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाई गोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी खेल्ने क्रममा अचानक लाइटर सल्केर फुस्को छानो भएको गाई गोठमा आगलागी हुँदा सोही आगोमा जलेर बालिका धनकुमारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

यसैगरी गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्राको समेत जलेर मृत्यु भएको छ। घटना स्थलमा प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको छ।