धरान : कोरोना महामारी कायमै रही रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी राखेको बेलामा पनि धरान–१४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा बोल बम भक्तजनहरू जल चढाउन आएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको निषेधाज्ञामा मन्दिरहरूमा नियमित नित्यानौमित्या पूजापाठ मात्र गर्न पाउने भनिए पनि आज पिण्डेश्वर मन्दिरमा टाढा टाढाबाट गेरुबस्त्रधारी बोलबंम भक्तजन मन्दिर आइपुगेका छन् ।

Bolbom-5

धरानमा दैनिक ५० जना बढी कोरोना सङ्क्रमितहरू थपिँदै गर्दा यसरी विभिन्न स्थानबाट पिण्डेश्वर मन्दिरमा आउने भत्तजनहरुको भिडभाडले गर्दा झन् धरानमा सङ्क्रमण बढ्ने सम्भावना बढेको छ ।

विभिन्न जिल्लाबाट आज बिहान ५,६ सय बढी भत्तजनहरु जल चढाउन, पूजा गर्न आएको पिण्डेश्वर बाबा धाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले भने–मन्दिर पूर्ण रूपमा बन्द नै छ । गेट बाहिरबाट दर्शन गरेर भक्तजनहरू फर्केको अवस्था छ ।

Bolbom-1

धरानमा कोरोना सङ्क्रमण बढेको हुनाले भिड कम गर्नका लागि सूचना जारी गरेर बाहिरबाट आउने भक्तजनलाई रोक्नु पर्ने र स्थानीय सरकारले थप निर्णय गर्नुपर्ने उनले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले आफूले मन्दिरमा आवाज आवत रोक्नु भनेर सुनसरी प्रहरी प्रमुख, धरानका डिएसपी सबैलाई निर्देशन दिएको तर, प्रहरीले भने अनुसार किन काम गरेन ? बुझेर धरान प्रहरीलाई थप कडाइ गर्न निर्देशन दिने बताए ।

उनले भने आज पहिलो सोमबार पनि हो त्यसैले गर्दा आजको भिडलाई मध्य नजर गर्दे थप निर्णय लिन्छौ प्रशासनबाट पनि हामी पिण्डेश्वर मन्दिरका लागी छुट्टै सूचना सहितको आदेश जारी गर्छौ । धरानको सङ्क्रमण दर हेरेर यस भन्दा अघिको डिसिसिएमसीको बैठकमा हामीले लकडाउन नै गरौँ धरानमा पनि भनेको तर, मेयर साबले मान्नु भएन अब हामी विज्ञहरू सँग छलफल गदै छौ ।

Bolbom-4

धरानका डिएसपी नरेन्द्र कुँवरले पिण्डेश्वरको भिड नियन्त्रणका लागि वडा नं १४ को मात्र प्रहरी परिचालन गरेको बताएका थिए । उनले अब झन् भिड बढ्दै गएको जानकारी आएको छ, अब हामी मन्दिर जाने र हिँडेका पहेँलो वस्त्रधारी व्यक्तिलाई भानुचोक देखी नै रोक्छौ ।

Bolbom-3