धरान : सुनसरीको इटहरी उप–महानगरपालिका–३ मा आइतबार भएको अटो दुर्घटनामा परी अटोमा सवार १ जनाको मृत्यु भएको छ ।

इटहरीबाट तालतलैया तर्फ जाँदै गरेको को २ ह ५२६५ नम्बरको अटो आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोकिएर दुर्घटना हुँदा अटोमा सवार रहेकी इटहरी–४ की ३३ बर्षीया रिया पोखरेल घाइते भएकी थिइन् ।

घाइतेलाई उपचारको लागी विराट नर्सिङ होम लगिएकोमा उपचारको क्रममा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेरको इलाका प्रहरी कार्यालय इँटहरिले जनाएको छ ।