विराटनगर : धरानमा ६३ जना सहित प्रदेश १ मा आज ३६६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा १३८, झापामा १२२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, सङ्खुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको धरानमा ६३, इटहरीमा ६२, इनरुवा र बराहक्षेत्रमा ४–४, भोक्राहा नरसिंह र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ३, झापाको बिर्तामोडमा ३४, दमकमा २४, मेचीनगरमा १८, भद्रपुरमा १३, कनकाईमा ९, शिवसताक्षीमा ७, अर्जुनधारामा ६, कमल गाउँपालिकामा ४, हाल्दिबारी र झापा गाउँपालिकामा २–२, बुद्धशान्ति, बाह्रदशी र कचनकवलमा १–१, मोरङको विराटनगरमा ५२, सुन्दरहरैचामा ८, उर्लाबारीमा ७, पथरीशनिश्चरेमा ५, रतुवामाईमा ३, ग्रामथानमा २, कटहरी, कानेपोखरी, बेलबारी र जहदामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ७, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, इलामको इलाम नगरपालिकामा २, माई, चुलाचुली, रोङ, सन्दकपुरमा १–१, उदयपुरको कटारी र त्रियुगामा १–१, सङ्खुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ७८ हजार ५५५ पुगेको छ । सङ्क्रमित भएका मध्ये ७१ हजार ४२६ जना सङ्क्रमणमुक्त भएका भएका । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६६१ रहेको छ ।

प्रदेश १ मा आज १ हजार ४८६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६७ महिला र १९९ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।