विराटनगर : विराटनगरमा मोटरसाइकलमा बसेको अवस्थामा शव फेला परेको छ । गए राति विराटनगर महानगरपालिका-५ बिजुली अफिस चोकमा मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिएको हो ।

को ४ प २३१६ नम्बरको मोटरसाइकलमा मृत भेटिएका व्यक्ती विराटनगर-५ मुनाल पथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको वडा अध्यक्ष मीनकुमार आचार्यले जानकारी दिए ।

शव भेटिएपछि प्रहरीले पोस्टमार्टमका लागि कोसी अस्पताल विराटनगर पठाएको छ । मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव भेटिए पनि घटना शङ्कास्पद रहेको प्रहरीले जनाएको छ ।

मृतकले लगाएको पेन्ट च्यातिएको र दाहिने हातमा चोट देखिएका कारण शङ्कास्पद देखिएकाले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।