धरान : विराटनगर महानगरपालिका– ११ महेन्द्र चोकमा आज बिहान एक पुरुषको शव फेला परेको छ ।

महेन्द्र चोकदेखि करिब ५० मिटर दक्षिण रहेको स्वस्तिक होटल अगाडी पुरुषको शव फेला परेको हो ।
अन्दाजी ५० वर्षको देखिने पुरुषको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृतक पुरुष विराटनगर बजार क्षेत्रमा मागेर गुजारा चलाउँदै आएका थिए ।

मृतकको शव पोस्टमार्टम गर्न विराटनगरस्थित कोसी अस्पताल लगिएको छ । डिएसपी श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको बताए ।