धरान : धरान-८ तीनकुनेबाट ठुलो मात्रामा प्रतिबन्धित औषधी सहित १ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान-१६ का १९ वर्षीय कुमार तामाङ रहेका छन्। गए राती ८ बजे अस्थायी प्रहरी पोस्ट तीनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी Spaspain-१५०० ट्यव्लेट र Tramol–50-१५०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङ माथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ। पक्राउ परेका तामाङलाई थप अनुसन्धान र कारर्बाहीको लागि औषधी व्यवस्था विभाग विभाग विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

यसै गरी उदयपुर त्रियुगा नगरपालिका-३ त्रियुगा पुल नजिकबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षीय कृष्ण चौधरी र २० वर्षीय धिरज चौधरी रहेका छन्। हिजो दिउसो ३ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूऔषध ब्राउन सुगर ७४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उपर थप अनुसन्धान भइरहेको छ।