धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान १५ की कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान १५ निवासी ४० वर्षीय महिलाको उपचारको क्रममा आज बिहान ८ बजेर ५० मिनेटमा मृत्यु भएको हो ।

उनलाई असार ३० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या आएपछि असार ३१ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतकको शव नियम अनुसार भइरहेको छ ।