धरान : धरान उपमहानगरपालिकाको वडा नं ८ को कार्यालयमा कार्यालय सहयोगीको रूपमा रहेकी ४० वर्षीय सिर्जना खवासले ८० लाख भन्दा बढी ठगी गरेको आरोप लागेको छ ।

सिर्जनाले धरानमा नेता देखी साधारण जनतालाई आफूले ठगी गर्न सक्ने सम्म ठगी गरेको बताइएको छ । सिर्जनाले लेखपढ नगरेकी मजदुर गरेर गुजारा गरिरहेकी कमला राईलाई दिदी तपाइलाई नि दुःख रहेछ म आफ्नो घर धितोमा राख्छु अनि २५ लाख निकाल्छु तपाईँले हस्ताक्षर गर्दिनु म तपाईँलाई ७ लाख दिन्छु १८ लाख म चलाउँछु भनेर मालपोतमा कमलालाई झुक्क्याएर हस्ताक्षर गर्न लगाएर २५ लाख निकालेकी छिन् ।

कमलाले भनिन ‘गत साउनमा घरको कर तिर्न छोरालाई पठाउँदा मात्र आफ्नो घर व्यक्तिको नाममा गएको थाहा पाए,सिर्जनाले हामीलाई नराम्रो सँग फसाई । ’

धरान-८ बस्ने ४४ वर्षीय कमलाको नाममा रहेको घर नं ५० को १४ धुर जग्गा गत फागुन १४ गते २५ लाख धितोमा सूर्य लिम्बुको नामसारी भएको मालपोत कार्यालय धरानले जनाएको छ ।

कमलाको सिर्जनाले धनीपुर्जा किर्ते गरेर आफ्नो घर धितोमा राखेको ६ महिना पछि थाहा पाए लागतै प्रहरीलाई उजुरी गरिन् । धरान प्रहरीले सिर्जनालाई पक्राउ गरिएको र आफै मिल्ने भने पछि प्रहरीले छाडेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

सिर्जना १४ महिना अघि कमलाको घरमा भाँडामा बस्दै आएकी थिइन् । सिर्जना कमलाको घरमा परिवारका सदस्य जस्तै भएर बसेकाले कमलाले घरको भाँडा पनि लिएकी थिइनन् । कमलाले सिर्जनाको उल्टै किस्ता पनि तिरिदिन्थिन् । गत माघ महिनामा कमलाले सृजनालाई घरको कर तिर्न पठाएको बेला सिर्जनाले कमलाको घरको धनी पुर्जाको फोटोकपी गरी राखेर धनीपुर्जा किर्ते गरेको कमलाले बताइन् ।

नेकपा एमालेको कार्यकर्ता समेत रहेकी सृजनाले धरान-१५ का वडाध्यक्ष नरेश इङवारामको श्रीमतीबाट दुई लाख १६ हजार, मनर सुब्बाको १ लाख, मिना विश्वकर्माको २५ हजार, धरानका स्वर्गीय मेयर तारा सुब्बाको सुनको औठ्ठी, वडा नं-८ की महिला सदस्य लीला गुरुङको बुहारीको सुनको चुरा पाँच लाख र धरान भोटेपुलकी सरिता गुरुङको २० हजार र ६ आना ३ लाल सुन पनि सिर्जनाले लगेको खुलेको छ।

यस्तै मनु मोक्तानको १ लाख, रामसिस शर्माको ४ लाख, सावित्री श्रेष्ठको ४ लाख, गिरिजा साखको ४ लाख ५० हजार पनि लगेकी छिन् । उनले कसैको पनि पैसा तिर्न सकेकी छैनन् । सिर्जनाले पैसा चलाएका व्यक्तिहरूले मङ्गलवार वडा कार्यालय घेराउ गरेका थिए। अहिले सिर्जनाले कमला लगायत अन्यको पैसा ४ महिनामा तिर्ने भनेर वडा कार्यालयमा कागज गरेकी छिन् ।

सिर्जना वडा नं ८ का वडाध्यक्ष रुद्र बहादुर लिम्बुको सहयोगी पनि हुन् । धरान-८ की रिता तामाङलाई घर बनाई दिन्छु भन्दै होटलमा ३ वर्ष तलब बिना काम लगाएर घर पनि नबनाई दिएको र कामबाट पनि निकालेको रिताले बताइन् ।

वडाध्यक्ष लिम्बुले भन्छन् 'सृजना उपमहानगरपालिकाले नियुक्ति गरेको कर्मचारी हो। सिर्जनालाई वडाको नाम लिएर हुँदै नभएको पदमा छु भनेर ठगी गर्ने कार्यप्रति आफ्नो पनि ध्यानाकर्षण भएको बताउँदै उनले भने 'म यस्ता कर्मचारी राख्ने नराख्ने भन्ने विषयमा उपमहानगरसँग कुरा राख्छु ।'

सिर्जनाले आफू कानुन विज्ञ वकिल भएको र मुद्दा हेर्छु भनेर धरानका केही महिलाहरूसँग डिभोर्सको मुद्दा लगाएर मोहन कुमारी राईको ५ हजार, धरान-१५ बस्ने दिव्या गुरुङको साथीको ३ लाख ५० हजार लगेको र अन्य महिलाहरूसँग पनि सिर्जनाले रकम असुली गरेको खुलेको छ ।

सिर्जनालाई ४ पटक विभिन्न उजुरीको आरोपमा पक्राउ समेत गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनी विरुद्ध लिखित मौखिक गरी ८० लाख भन्दा बढीको ठगीको आरोप छ ।

सिर्जनाले आफूले सबै पैसा लिएको चलाएको पनि स्वीकार गदै भनिन्म 'लाई पनि धेरैले फसाएका छन् मैले पनि धेरैलाई जमानी बसेर पैसा निकाली दिएकाले डुबेको छु । त्यसैले व्यवहार मिलाउन पैसा चलाएको बताइन् । आफ्नो पनि केही रकम उठ्ने भएकाले ५ महिना भित्र व्यवहार मिलाउने उनको तर्क छ।

Kagaj
वडा कार्यालयमा गरिएको कागज