धरान : धरानको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका ४ बजे इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१० मा सटर भाडा लिई जनता ग्यारेज सञ्चालन गरी बस्ने सोही स्थानका ३० वर्षीय नवीन चौधरी उनकै ग्यारेजमा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Spaspain–१००० ट्याब्लेट, Opatab–50–४०० ट्याब्लेट र Tramadol Hydrochloride -२२ ट्याब्लेट सहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै हिजो राती साढे ११ बजे धरान-१६ नौलो बस्तीका २४ वर्षीय प्रभु साहलाई Spaspain– १४५ ट्याब्लेट, र त्चTramadol – १६३ ट्याब्लेट सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका तिनै जना माथि इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।