धरान : धरान-१९ को गैरीगाउँ युवा समाजले विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

समाजका अध्यक्ष गौतम लिम्बुले चौकीबारीका २० घर परिवारलाई राहत वितरण गरेको जानकारी दिए । अध्यक्ष लिम्बुका अनुसार प्रति घर परिवार २० किलो चामल, १ लिटर तेल, १ प्याकेट नुन, १ केजी दाल वितरण गरिएको हो । कोरोनाका कारण बिहान–बेलुका छाक टार्न मुस्किल अति विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको उनले बताए ।

धरान-१९ निवासी हाल विदेशमा बसोबास गर्दै आएका दाजुभाइहरूबाट समाजलाई आर्थिक सहयोग प्राप्त भएको थियो । सोही आर्थिक सहयोगबाट विपन्न परिवारलाई खाद्य सामाग्री खरिद गरेर वितरण गरिएको समाजका सचिव उत्तम तामाङले बताए ।

३५ हजार ५ सय रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको हो । ‘यो पहिलो चरण हो, अब फेरी दाश्रोे चरणको वितरण हुन्छ,’ उनले भने ।

राहत सामग्री सल्लाहकार देउमान लिम्बु सह–सचिव विशाल राई लगायतको उपस्थितिमा वितरण गरिएको थियो ।