धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा धरान-१९ की कोरोना सङ्क्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान १९ निवासी ३४ वर्षीय महिलाको गए राति ८ : १५ बजे कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई असार २९ गते कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन कोभिड अस्पतालमा भर्ना भएका थिए । मृतकलाई दिर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ ।