धरान : पाँचथरको हिलिहाङ गाउँपालिका ५ सुभाङ स्थित मध्य पहाडी लोक मार्गमा काम गरिरहेका मजदुरको पहिरोले पुरेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा तेह्रथुम आठराई गाउँपालिका–५ छातेढुंगा का २७ वर्षीय टिका मोक्तान रहेका छन् । हिजो दिउसो ३ बजे रसुवा कन्ट्रक्सनको मजदुर रहेका मोक्तानको रोडको भित्तामा ग्याबिन भर्ने काम गरिरहेको अवस्थामा १५ मिटर माथिबाट पहिरो खसेर पुरेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटी गई पहिरोबाट उद्धार गरी निकाल्दा मोक्तानको मृत्यु भइसकेको थियो । घटना सम्बन्धी थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पाँचथरबाट भइरहेको प्रहरीले जनाएको छ ।