धरान : धरानमा ७३ जना सहित पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। २ हजार १३१ जनाको पीसीआर परीक्षणबाट ४८३ र १ हजार ३५५ जनाको एन्टिजेन परीक्षणबाट  ३६४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १८७, मोरङमा १४७, सुनसरीमा १०३, धनकुटामा १९, इलाममा ९, उदयपुरमा ४, सङ्खुवासभामा २ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ।

झापाको दमकमा ३८, बिर्तामोडमा ३७, भद्रपुरमा २३, कनकाईमा १८, मेचीनगरमा १६, शिवसताक्षीमा १५, अर्जुनधारामा १४, बुद्धशान्तिमा ७, कमल गाउँपालिकामा ४, हाल्दिबारी र गौरादहमा ३-३, कचनकवल र बाह्रदशीमा २-२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४, मोरङको विराटनगरमा ६२, बेलबारीमा ४६, सुन्दरहरैचामा ११, उर्लाबारीमा ७, बुढीगंगामा ६, कटहरीमा ४, कानेपोखरीमा ३, पथरीशनिश्चरे र केराबारीमा २-२, रङ्गेली, सुनबर्षी, ग्रामथान र धनपालथानमा १-१, सुनसरीको धरानमा ७३, इटहरीमा १७, बराहक्षेत्रमा ५, रामधुनीमा २, गढी, देवानगञ्ज र बर्जुमा १ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा ९, पाख्रीवासमा ४, छथरमा ३, चौवीसेमा २, शहिदभूमीमा १, इलामको इलाम नगरपालिकामा ३, सूर्योदय र माईमा २-२, रोङ र चुलाचुलीमा १-१, उदयपुरको चौदण्डीगढी र बेलकामा २-२, सङ्खुवासभाको धर्मदेवी र पाचखपनमा १-१ र प्रदेश १ बाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।