धरान : धरान उपमहानगरपालिकामा दिनानुदिन कोरोना संक्रमणदर उच्च हुँदै गएपछि बजार अनुगमनको क्रममा आज स्थलगतरुपमा परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण भएको पाईएको छ ।

धरानको बढी भिडभाड हुने स्थान भानुचौक नजिकैको गौतम पथमा रहेको सव्जिमण्डिमा २६ जना पुरुष र ११ जना महिला गरी ३७ जनामा गरिएको एन्टिजेन परीक्षणमा एक जना बजार आएका सर्वसाधारण महिलामा कोरोना पोजेटिभ देखिएको थियो ।

त्यसै गरी धरान-३ को माछाभौडी र सब्जिमण्डिमा २८ जना पुरुष, ५ जना महिलामा ३४ जनामा गरिएको परीक्षणमा २ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए। दुई जना मध्ये एक जना पसले र अर्को बजार आएको सर्वसाधारण रहेको बताइएको छ ।

Bazr-Anugaman-4

यसले धरान कोरोनाको अति उच्च जोखिममा रहेको र कोरोना सङ्क्रमित बजारमा खुलेआम डुलिरहेको पाईएको छ । धरान उपमहानगरपालिका, इलाका प्रशासन कार्यालय, सुनसरी उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी कार्यालय सहित उपमेयर मञ्जु भण्डारी सुबेदीको नेतृत्वमा भएको बजार अनुगमनको क्रममा धरान बजार अस्तव्यस्त अवस्थामा पाईएको अनुगमनमा सहभागी सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरीधारी सापकोटाले बताए ।

Bazr-Anugaman-6

बजारमा मास्क नलगाई हिडने र सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगरेको पईएको बताउँदै सापकोटाले भने धरान कोरोनाको अत्यन्तै जोखिममा छ । सर्वसाधारणको अटेरीपनले धरानमा कोरोना सङ्क्रमण बढेको उनले बताए ।

पछिल्लो समय धरानमा दैनिक ५० देखि माथिको सङ्ख्यामा कोरोना सङ्क्रमण भइरहेको र दैनिक २ देखि ३ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भइरहेको छ । स्वास्थ्य कार्यालय सुनसरीको पछिल्लो तथ्याङ्क अनुसार दोस्रो लहरको कोरोना सङ्क्रमण भएको कुल सङ्ख्या ४ हजार ४ सय ४० पुगेको छ । मृत्यु हुनेको सङ्ख्या १ सय १६ पुगेको छ ।

Bazr-Anugaman-5

धरानमा कोरोना सङ्क्रमण बढ्दै गएको बारेमा धरान एउटा पहाड र तराई जोड्ने मुख्य सहर भएकोले गर्दा पहाडको र तराईको मानिस धरान आउजाउ हुने मुख्य थलो भएकोले कोरोना संक्रमणदर बढेको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँ बताउँछन् ।

तराई र पहाडको सङ्गम स्थल सँगै धरानमा भारतीय सेनाहरू बढी आउजाउ गर्ने भएकोले कोरोना संक्रमणदर नियन्त्रण हुनुको साटो बढेको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश पोखरेलले बताए।

Bazr-Anugaman-1

धरानमा कोरोना संक्रमणदरमा कमी नआए लकडाउन सम्म गर्न सकिने बताइएको छ । केही दिन जनचेतनामूलक कार्यक्रकोरुपमा धरानमा बढी भिडभाड हुने स्थानहरूमा आजको जस्तै स्थलगत परीक्षणसँगै बजार अनुगमन गर्ने र पनि संक्रमणदर घटेन भने धरानमा लकडाउननै गर्ने बिहीबार मेयर तिलक राईले छलफलको क्रममा बताएका थिए ।

Bazr-Anugaman-2