धरान : मोरङ र इलाममा भएका दुई छुट्टा छुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको बेलबारी नगरपालिका–६ का ६३ वर्षीय पदम बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका पौने ४ बजे सोही स्थानमा रहेको सीमावान् स्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

यसै गरी इलाम नगरपालिका–१ नेपालटार स्थित हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्ने इलाम नगरपालिका ६ खरेलडाडा घर भएका सदिप रिजालको छोरा ८ वर्षीय ग्रेसधीफ रिजालको सिमेन्टको पिलर ढली लागेर मृत्यु भएको छ ।

हिजो बेलुका पौने ६ बजे छतमा खेल्ने क्रममा घर बनाउनको लागी बनाई राखेको पक्की सिमेन्टको पिलर भित्तामा ठाडो पारेर राखेको अचानक ढली किचेर गम्भीर घाइते भएका थिए ।

बालकको उपचारको लागी जिल्ला अस्पताल इलाम पुर्याउदा मृत्यु भई सकेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान भइरहेको छ ।