धरान : विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतीय र अमेरिकी डलर सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दीप सिंह रोय रहेका छन् । हिजो दिउसो १ बजे भारतबाट नेपाल तर्फ आउँदै गरेका उनीहरूको साथबाट भारतीय नोट ५०० को २०० थान १ लाख र सन्दीप सिंह रोयको साथबाट भारतीय नोट ५०० को २१७ थान १ लाख ८ हजार ५ सय, अमेरिकन नोट १०० को २१ थान,२० को ५ थान, १० को १ थान , र १ को ४ थान  फेला परेको थियो ।

उनीहरुलाई सहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी आन्तरिक राजश्व कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।