धरान : विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषध सहित एक जनलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लेटाङ–६ मिलन चोक का २२ वर्षीय रमेश पाचकोटी रहेका छन् । हिजो दिउसो साढे २ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।