विराटनगर : धरानमा ७७ जना सहित प्रदेश १ मा आज १ हजार ९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

१ हजार ६६१ जनाको पीसीआर परीक्षणमा ३३८ र २ हजार २८१ जनाको एन्टिजेन परीक्षणमा ७५३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३५, झापामा ९५, सुनसरीमा ९२, इलाममा ४, उदयपुरमा ३, पाँचथरमा २, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ६७, पथरीशनिश्चरेमा २४, केराबारीमा २२, बेलबारीमा ११, उर्लाबारीमा ४, सुन्दरहरैचा र कटहरीमा २-२, रंगेली, बुडीगंगा र स्थानीय तह नखुलेका १–१, झापाको दमकमा ४९, भद्रपुरमा २०, बिर्तामोडमा ९, कमल गाउँपालिकामा ६, मेचीनगरमा ३, अर्जुनधारामा २, हाल्दिबारी, कचनकवल, कनकाई, बुद्धशान्ति, शिवसताक्षी र स्थानीय तह नखुलेका १-१, सुनसरीको धरानमा ७७, इटहरीमा ९, वराहक्षेत्रमा ३, इनरुवा, हरिनगर र कोसी गाउँपालिकामा १-१, इलामको इलाम नगरपालिका, चुलाचुली, रोङ र स्थानीय तह नखुलेका १-१, उदयपुरको चौदण्डीगढीमा २ र कटारीमा १, पाँचथरको फिदिममा २, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको हलेसी तुवाचुङमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३०७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७३ हजार २४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।