झापा : झापाको दमकमा सोमबार बिहानदेखि लकडाउन हुने भएको छ।

नगरस्तरीय कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले साउन ११ गते बिहान ४ बजेदेखि साउन १७ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय भएको हो।

दमक नगरपालिकाका उपसचिव दिनेश न्यौपानेले कोरोना सङ्क्रमणको जोखिम बढेसँगै लकडाउन गर्ने निर्णय भएको बताए ।

दमकमा मानिसको आउजाउ पूर्ण रूपमा बन्द गरिने छ, उनले भने, राजमार्ग बाहेक अन्त सवारीसाधन चल्न पाउने छैनन् ।