धरान : सङ्खुवासभा सिलिचोङ गाउँपालिका १ केवाडाँडाका २१ वर्षीय दिनेश राईको भिरबाट लडेर मृत्यु भएको छ ।

उनी स्वास्थ्य चौकीको समान सार्ने क्रममा भिरबाट लडेका थिए । हिजो दिउसो साढे २ बजे सोही स्थानमा निर्माण भएको स्वास्थ्य चौकीको सामान सार्ने क्रममा काठको टेबल बोकी आउँदै गर्दा बाटो साँगुरो भएको कारण आफै सडकबाट अन्दाजी २०० मिटर तल सिसुवा खोलाको दहमा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगतै प्रहरी चौकी सिसुवाटार र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट प्रहरी टोली पुगी थप अनुसन्धान गरेको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।