विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६ सय ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

१ हजार ५८५ जनाको पीसीआर परीक्षणमा ४५७ र ७६७ जनाको एन्टिजेन परीक्षणमा २१६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७४, मोरङमा १५९, सुनसरीमा ८५, इलाम र उदयपुरमा ६–६, संखुवासभा र तेह्रथुममा ४–४, धनकुटामा ३, खोटाङमा २, ताप्लेजुङ, पाँचथर, भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको बिर्तामोडमा ५०, दमकमा ४४, शिवसताक्षीमा २३, अर्जुनधारा र मेचीनगरमा १४–१४, कनकाईमा १२, बाह्रदशी, गौरादह, कमल गाउँपालिका र गौरीगञ्जमा ३–३, भद्रपुर र बुद्धशान्तिमा २–२ र स्थानीय तह नखुलेका १, मोरङको लेटाङमा ४७, विराटनगरमा ४५, सुन्दरहरैचा र उर्लाबारीमा १४–१४, केराबारीमा १३, पथरीशनिश्चरेमा ७, कानेपोखरीमा ५, बुढीगंगामा ४, बेलबारी, कटहरी र सुनबर्षीमा २–२, मिक्लाजुङ, रतुवामाई, रंगेली र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा ६६, रामधुनीमा ५, धरानमा ४, इनरुवामा ३, बर्जू, दुहबी र बराहक्षेत्रमा २–२ र गढीमा १, इलामको इलाम नगरपालिका, चुलाचुली, माई, सूर्योदय र मांसेबुङमा १–१, उदयपुरको त्रियुगामा ३, उदयपुरगढीमा २, बेलकमा १, सङ्खुवासभाको खाँदबारी र धर्मदेवीमा २–२, तेह्रथुमको म्याङ्लुङमा ४, धनकुटाको धनकुटा नगरपालिकामा २, महालक्ष्मीमा १, खोटाङको बराहपोखरी र दिक्तेल रुपाकोट मझुवागढी १–१, ताप्लेजुङको आठराई त्रिवेणी, पाँचथरको हिलिहाङ, भोजपुरको भोजपुर नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ३५२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा २०६ महिला र १४६ पुरुष सङ्क्रमणमुक्त भएका हुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।