धरान : मोरङ र धनकुटामा भएको छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्क बस्ने ५७ बर्षीय टङ्क माया पुलामीको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।

हिजो दिनको साढे ३ बजे आफ्नै बारीमा घाँस काटिरहेको अवस्थामा उनकै बैनी १५ बर्षीया कमला गुरुङले रुख ढाल्दा हाँगाले लागेर गम्भीर घाइते भएकी टङ्कमायाको सैनिक अस्पताल इटहरीमा उपचारको क्रममा हिजो बेलुका ९ बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने फलियादेवी महतोको छोरा १८ महिनाको राज कुमार महतो हिजो दिउसो सभा २ बजे नहरको छेउमा खेल्ने क्रममा नहरमा डुबी मृत्यु भएको छ ।

यसै गरी मोरङ लेटाङ नगरपालिका–५ बस्ने शरन कुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।

हिजो दिनको ३ बजे सोही स्थानमा रहेको मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय लेटाङबाट प्रहरी टोली खटी थप अनुसन्धान गरिरहेको छ ।