इटहरी : मालपोत कार्यालय बेलबारीका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि साउन १५ गतेसम्मका लागी बेलबारी मालपोत कार्यालयको सेवा बन्द हुने भएको छ ।

अन्य केही कर्मचारीहरूमा ज्वरो आउने, थकाई महसुस हुने, आँखा पाक्ने जस्ता कोभिड– १९ सँग मिल्दाजुल्दा लक्षणहरू देखा परेकाले कार्यालय बन्द सँगै सेवा पनि बन्द गरिएको मालपोत कार्यालय बेलबारीले जनाएको छ ।

कार्यालयको आसपासको क्षेत्रहरूमा समेत कोरोना भाइरस (कोभिड १९) तीव्र रूपमा फैलिरहेकोले कर्मचारीहरू र सेवाग्राहीहरूको स्वास्थ्य सुरक्षाको संवेदनशीलता समेतलाई ध्यानमा राखी कार्यालयको आन्तरिक प्रशासनिक कार्य बाहेक सम्पूर्ण सेवा बन्द गर्न मालपोत कार्यालयले जनाएको छ ।

साउन ११ गते सोमबार सूचना जारी गर्दै कार्यालयले १२ गते देखि लागू हुने गरी साउन १५ गते सम्मको लागि बन्द हुने जानकारी गराइएको हो ।

Malpot-Suchana