विराटनगर : धरानमा ५५ जना सहित प्रदेश १ मा १ हजार १ सय १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

२ हजार १२६ जनाको पीसीआर परीक्षणमा ५४२ र १ हजार ८२१ जनाको एन्टिजेन परीक्षणमा ५७४ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४९, मोरङमा १४४, सुनसरीमा १०४, धनकुटामा १९, इलाममा ७, उदयपुरमा ४, पाँचथर, ताप्लेजुङमा ३, सङ्खुवासभा र तेह्रथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको छ ।

झापाको बिर्तामोडमा ५६, दमकमा ५३, भद्रपुरमा ३८, कनकाईमा २५, शिवसताक्षी र अर्जुनधारामा १७–१७, बुद्धशान्ति, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ७–७, मेचीनगरमा १५, हल्दिबारीमा ३, बाह्रदशीमा २, गौरीगञ्ज र गौरादहमा १–१, मोरङको विराटनगरमा ७३, बेलबारीमा २४, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ९, सुन्दरहरैचामा ६, लेटाङमा ५, कानेपोखरीमा ४, जदहामा २, ग्रामथान, कटहरी, केराबारी, रंगेली, धनपालथान, रतुवामाई, मिक्लाजुङ र सुनबर्षीमा १–१ र स्थानीय तह नखुलेका ३, सुनसरीको धरानमा ५५, इटहरीमा ३४, हरिनगर, रामधुनी र इनरुवामा २–२, दुहबी र कोसी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, धनकुटाको धनकुटा नगरपालिकामा १५, महालक्ष्मी र साँघुरीगढीमा १–१, स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ५, सूर्योदय र माईमा १–१, उदयपुरको त्रियुगामा २, बेलका र कटारीमा १–१, पाँचथरको फिदिममा २, ताप्लेजुङको फालेलुङ, याङवरक र स्थानीय तह नखुलेका १–१ , सङ्खुवासभाको धर्मदेवी र खाँदबारीमा १–१, तेह्रथुमको आठराई त्रिवेणी र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २९१ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १२१ महिला र १७० पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।