धरान : इलामको देउमाई नगरपालिका–२ पुङफुङका ८५ वर्षीय टेक बहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट मृत्यु भएको छ ।

गत श्रावण ७ गते आफ्नै छोरा ३४ वर्षीय गिर्जमान मुखियाले घरायसी विवादका कारण बुबा टेक बहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए ।

घाइतेको बिर्तासिटी अस्पताल बिर्तामोडबाट उपचार हुन नसकी घर तर्फ फिर्ता ल्याउने क्रममा हिजो राती ९ बजे मृत्यु भएको हो ।

कुटपिट गर्ने गिर्जमानलाई जिल्ला प्रहरी कार्यालय इलामले पक्राउ गरी अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाएको छ ।