धरान : कर्मचारीमा कोरोनासँग मिल्दोजुल्दोको लक्षण देखिएपछि धरान उपमहानगरपालिकाको ११ नम्बर वडा कार्यालय आज देखि एक साताका लागि बन्द गरिएको छ ।

वडा कार्यालयमा कार्यरत एक जना सुब्बा कर्मचारी सहित अन्य तीन जनालाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको र सबैलाई उच्च ज्वरो आएकोले आज देखि एक साताका लागि वडा कार्यालय बन्द गरिएको ११ नम्बर वडाध्यक्ष बाबुलाल लामाले बताए ।

कर्मचारीहरूको पिसिआर परीक्षण त गरिएको छैन तर लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकोले ४ जना कर्मचारी बिरामी भएर थलिएको भन्दै अध्यक्ष लामाले भने 'सूचना निकालेर वडा कार्यालय साताका लागि बन्द गर्ने निर्णय गरेका छौ।'