धरान : धरानमा कोरोना विरुद्धको खोप लगाउनेको अत्यधिक भिडले खोप केन्द्र कोरोना सङ्क्रमणको उच्च जोखिम बनेको छ ।

धरानमा सधैँ एउटै मात्र खोप केन्द्रबाट खोप लगाइँदै आएकोमा यस पटक धरानमा ७ वटा खोप केन्द्र निर्धारण गरी कोरोना विरुद्धको खोप भेरोसेल र जोनसन एण्ड जोनसन लगाईदैछ । ७ वटा खोप केन्द्र भएर पनि धरानमा खोप लगाउनेहरूको ठुलो भिड भएकोले खोप केन्द्रबाटै कोरोना सङ्क्रमणको उच्च जोखिम बढेको छ ।

Khop-13 1

खोप केन्द्रहरूमा सामान्य सामाजिक दुरी पनि कायम भएको देखिँदैन भने सर्वसाधारण खोप केन्द्रमा पुगेर जर्वजस्ती गरिरहेको दृश्यहरू पनि देखिन्छन् । यसले गर्दा सुरक्षाकर्मीहरूलाई भिड व्यवस्थापन गर्न समस्या भएको छ ।

खोप केन्द्रहरूमा यसरी भिड बढ्नुको मुख्य कारण सर्वसाधरणहरुले जर्वजस्ती गर्नु र अलिकति पनि सामाजिक दुरी कायम नगरी भिड सर्वसाधारणले गर्नुले गर्दा भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ कविराज रामबाबु यादवले बताए ।

Khop-12

धरानमा साउन ११ गते देखि १६ गते सम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालन हुदैछ । साउन ११ र १२ गते भेरोसेल र १३ र १४ गते जोनसन एण्ड जोनसन खोप लगाईदैछ ।

१६ गते धरान स्वास्थ्य चौकी छाता चौकबाट लगाइने बताइएको छ । धरानमा यस पटक १० हजार बढीलाई कोरोना विरुद्धको खोप लगाइने बताइएको छ । तर खोप केन्द्रहरूमा हुने भिडले धरानमा त्यसै कोरोना संक्रमणदर उच्च भइरहेको बेला थप सङ्क्रमण हुने सम्भावना बढेको छ ।

Khop-1 2 Khop-2 2 Khop-3 2 Khop-4 2 Khop-11 Khop-10 3 Khop-8 7