धरान : सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद जयकुमार राईले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनमा समर्थन जनाएका छन्। सांसद राईले विगत २ महिना देखी जारी आन्दोलनका विषयहरू सम्बोधन गर्न तथा दोषीलाई कारबाही गर्न माग गरेका हुन्।

साउन १२ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले आन्दोलनरत कर्मचारी तथा चिकित्सकको माग सम्बोधन हुनुपर्ने बताए । सरकारले छानबिन समिति बनाइसकेकाले चाँडो समस्या समाधान गर्नुपर्ने उनको भनाई छ । यस अघि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पनि विपी प्रतिष्ठानको विषयमा ध्यानाकर्षण गराएका थिए।

विगत २ महिना देखी प्रतिष्ठानमा भएको अनियमितता रोक्न माग राख्दै कर्मचारी तथा चिकित्सक आन्दोलनरत छन् । डाक्टर गोविन्द केसी लगायत चिकित्सकहरूले आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।