धरान : धरानमा ११४ जना सहित प्रदेश एकमा पछिल्लो २४ घण्टामा १ हजार २७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार ४३८ जनाको पीसीआर परीक्षण गर्दा ७११ र १ हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा ८, इलाममा ६, तेह्रथुममा ३, सङ्खुवासभामा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ।

झापाको बिर्तामोडमा ५६, दमकमा ३१, मेचीनगरमा ३०, कनकाईमा २७, अर्जुनधारामा २२, भद्रपुरमा १६, शिवसताक्षीमा १५, बुद्ध शान्तिमा ८, गौरादहमा ७, बाह्रदशीमा ४, कमल, झापा गाउँपालिका र स्थानीय तह नखुलेका २-२, हल्दिबारीमा १, मोरङको विराटनगरमा ७२, बेलबारीमा ५८, पथरीशनिश्चरेमा ३२, सुन्दरहरैचामा १३, उर्लाबारीमा ११, बुढीगंगामा १०, रंगेलीमा ५, लेटाङमा ३, कटहरी, कानेपोखरीमा २-२, केराबारी, मिक्लाजुङ, सुनबर्षी, रतुवामाई र धनपालथानमा १-१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा ११४, इटहरीमा ५८, इनरुवामा ४, बराहक्षेत्रमा ३, रामधुनीमा २, गढी र दुहबीमा १-१ र स्थानीय तह नखुलेका ३, धनकुटाको धनकुटा नगरपालिकामा १५, पाख्रिवास र शहिदभूमीमा ५-५, छथरमा ३, चौबिसेमा १ र स्थानीय तह नखुलेका २, पाँचथरको फिदिममा १८, फाल्गुनन्द, हिलिहाङ, याङवरक, कुम्मायक र मिक्लाजुङमा १-१, उदयपुरको त्रियुगा, उदयपुरगढी र स्थानीय तह नखुलेका २-२, बेलका र चौदण्डीगढीमा १-१, इलामको इलाम नगरपालिकामा ३, चुलाचुलीमा २, फाकफोकथुममा १, तेह्रथुमको आठराईमा २ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २०२ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष रहेका छन् । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।