धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा धरान १५ का वृद्ध परुषको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान १५ का ८२ वर्षीय वृद्ध पुरुषको आज बिहान साढे १० बजे उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई साउन ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने साउन १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पहिले देखिनै दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।